ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोशी प्रदेशसभाको अधिवेशन अन्त्य, मुख्यमन्त्री विरुद्धको पेशी पनि आजै

विराटनगर भदौं ७ । कोशी प्रदेशको प्रदेश सभा अधिवेशन अन्त्य भएको छ । अध्यादेशमार्फत नै अर्को बजेट ल्याउने तयारी स्वरुप सरकारले प्रदेश सभा  अधिवेशन अन्त्य गरेको हो। 

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभा अधिवेशन अन्त्य गरेका छन्।

प्रदेश सरकार मन्त्रीपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।  

उता थापा नेतृत्वको सरकारविरुद्ध बुधबार सर्वोच्च अदालतमा दर्ता भएको रिटको  बिहीबारका लागि  पेशी तोकिएको छ। असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *