ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुन तसरकरीको विषयमा जाँचबुझ गर्न आयोग गठन हुने, संसदको अवरोध खुल्ने

काठमाडौं भदौं ६ । अहिलेसम्म भएका सुन तस्करीको छानबिन र अध्ययन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

संसदमा रहेका प्रमुख दलहरुबीच सहमतिअनुसार २ साउनमा ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो भन्दा बढी सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेलगत्तै सरकारले जाँचबुझ आयोग बनाउने सहमती भएको छ  ।

सुन तस्करीमा भइरहेको अनुसन्धानमाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले १० साउनदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *