ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ललिता निवास प्रकरण:सीआईबीले बुजायो चार प्रतिवेदन, पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउदा पूर्वप्रधानमन्त्री भने साक्षी

काठमाडौं भदौं ५ । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी(सीआईबी) ले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

दुई पूर्वप्रधानमन्त्री, चार पूर्वमन्त्री  सहित २ सय ८६ जनाको  सरकारी  प्रकरणमा अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान लिएर उनीहरुलाई साक्षीका रुपमा बयान कागज मात्रै गराइएको छ ।

पूर्वमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार,पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साहसँग पनि बयान गर्दा । पूर्वमन्त्री डम्बर श्रेष्ठ भने फरार रहेकाले बयान लिन सकेन । चारै जना पूर्वमन्त्रीलाई भने प्रतिवादी बनाइएको छ ।

सीआईबीले ललितानिवासको जग्गा चार पटक गरेर हडपिएको निष्कर्षसहित ४ वटा छुट्टाछुट्टै रायसहितको प्रतिवेदन बुझाएको छ ।

मुद्दा नं. २४ मा ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको निष्कर्षसहित प्रहरीले २०९ जनाविरुद्ध पक्राउ पूर्जी लिएको थियो ।

त्यस्तै, मुद्दा नं. २५ मा नक्कली पशुपति टिकिन्छा गुठी खडा गरेर ४ रोपनी १४ आना २ पैसा २ दाम जग्गा हिनामिना गरेको र त्यसमा ११० जना संलग्न रहेको प्रहरीको निष्कर्ष छ ।

मुद्दा नं. २६ मा छुट जग्गा दर्ता गर्ने नाममा १२ आना २ पैसा जग्गा हिनामिना मा १३ जना संलग्न रहेको प्रहरी निष्कर्ष छ ।

मुद्दा नं. २७ मा बालुवाटारको विशिष्ट व्यक्ति निवास परिसर विस्तारका लागि सट्टापट्टा र सोधभर्नाको नाममा २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिना भएको प्रहरीको निष्कर्ष छ । यसमा ७४ जना संलग्न रहेको प्रहरी निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *