ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेले भन्यो संसद अवरोधबारे राष्ट्रपतिको चासो अनावश्यक

काठमाडौ,भदौ ५ l प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा असन्तुष्टि जनाउँदै बहिस्कार गरेको छ।

संसदमा देखिएको गतिरोध अन्त्यका लागि राष्ट्रपतिले बोलाएको बैठक बहिस्कार गरेको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बैठक औचित्यहीन रहेकाले आफूहरू नगएको स्पष्ट पारेका छन।संसद अवरोधबारे राष्ट्रपतिको चासो अनावश्यक रहेको एमालेले जनाएको छ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकले सदनको अवरोध हटाउने सहमति गरेको थियो।विपक्षी दलले उठाएको सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमतिसमेत भइसकेको छ।

सहमति भइसकेको विषयमा राष्ट्रपतिले राजनीतिक दलहरूलाई बोलाउनुको कुनै तुक नरहेको एमालेको तर्क छ।एमालेले साउन १० गतेदेखि सदन चल्न नदिएपनि आज भने बैठकको अवरोध हट्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *