ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रिय सभाको बैठक दिउसो सवा तीन बजेका लागि सर्‍यो

काठमाडौ,भदौ ५ l राष्ट्रिय सभाको बैठक दिउसो सवा तीन बजेका लागि सारिएको छ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा एक बजेका लागि तोकिएको बैठक निर्धारित समयमा बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ।विगत एक महिनादेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण सङ्घीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *