ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तीन दलका नेताहरुको सर्वदलीय बैठक २ बजे सिंहदरबारमा

काठमाडौ,भदौ ५ l उच्च स्तरीय छानबीन समितिको मोडालिटी र कार्यक्षेत्र टुंगो लगाउत आज सर्वदलीय बैठक बस्दैछ।बैठक केहिबेरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।

बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन कार्यविधि बनाउने जिम्मा दिएका तीन दलका नेताहरुले तयार पारेको कार्यविधिमाथि छलफल हुनेछ। साथै संसदको अवरोध हटाउनेबारे पनि छलफल हुनेछ।

आज २ बजे बस्ने शीर्ष तीन दलका नेताहरुको बैठकले सो कार्यविधि उच्चस्तरीय छानबिन समिति बनेको खण्डमा अन्तिम रुप दिने बताइएको छ। कार्यविधि तीन शीर्ष नेताबाट पारित भए आजको संसद अवरोध हट्ने छl

Leave a Reply

Your email address will not be published. Required fields are marked *