भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ आज बाट खुल्यो

काठमाडौ,भदौ ५ l भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज देखि प्रिमियममा आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७ सय रुपैयाँ बराबरको प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।