ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोशीको भद्रगोल:वैठकको अध्यक्षता पनि मुख्यमन्त्रीलाई भोट पनि

विराटनगर भदौं ४ । सभामुखलाई मन्त्री बनाएको कोशी प्रदेशमा उपसभामुख विदामा बसेपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकको अध्यक्षता नेपाली कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीले गर्ने भएका छन् ।

सभामुखको भूमिका निर्वाह गर्नुपर्ने उपसभामुख सिर्जना दनुवार र प्रदेश सभा बैठक सञ्चालन गर्ने अध्यक्ष मण्डलमा रहेका नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू बिदामा बसेपछि गठबन्धनले नयाँ रणनीति बनाएको हो।उपसभामुख सृजना दनुवार काठमाडौं जाने भएपछि उनले ज्येष्ठ सदस्यका रुपमा मन्सुरीले नै बैठक सञ्चालन गर्ने तोकेपछि अध्यक्षता पनि गर्ने र विश्वासको मत दिने भएका हुन् ।

९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रमाणित गर्न ४७ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ । तर एमालेबाट निर्वाचित उपसभामुख सृजना दनुवार काठमाडौं जाने भएपछि प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यको रुपमा सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले गर्नुपर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *