कर्णाली र भेरी कोरिडोरको निर्माणका लागि चीनसंग कुरा हुन्छ : प्रधानमन्त्री

सुर्खेत भदौं ४ । प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली र भेरी कोरिडोर निर्माणलाई उच्च प्राथमिकता दिने बताएका छन् ।
कर्णाली प्रदेशको स्थापना दिवसको अवसरमा सर्खेत पुगेका दाहालले यस्तो बताएका हुन् ।
कर्णालीमा मुख्यतः कर्णाली र भेरी कोरिडोर निर्माण पश्चात कर्णाली समृद्धि मार्गका रुपमा स्थापित हुने भन्दै यस्को निर्माणको लागि ध्यानकर्ण गराइएको थियो ।
संघीय सरकारले कोरिडोरलाई प्राथमिकतामा नराख्दा यहाँको विकास हुन नसकेको भन्दैं उनीहरुले केन्द्र सरकारको ध्यानकर्ण गराएका थिए ।
दाहालल आगामी दिनमा कर्णालीलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने आश्वासन दिए । दाहालको यसपटक हुने चीन भ्रमण कर्णाली कोरिडोरका विषयमा सार्थक हुने जानकारी दिए ।
माननीय ज्यूहरुले राख्नुभएको कुरामा ध्यान केन्द्रीत भएको छ ।’ उनले भने, ‘ कर्णाली कोरिडोरको विषय यसपटक हुने चीन भ्रमणले सार्थकता पाउने विश्वास लिएको छु ।’