ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

थप ५ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स

काठमाडौं भदौं १ । नेपाल धितोपत्र बोर्डले थप ५ कम्पनीलाई  सेयर ब्रोकर लाइसेन्स दिएको छ ।

बोर्डले ३ वटालाई सीमित कार्य गर्न र २ वटालाई पूर्ण कारोबार गर्ने गरी ब्रोकरको अनुमति दिएको हो ।

पूर्ण कारोबार गर्ने अनुमति पाउनेमा हिमालयन सेक्युरिटिज लिमिटेड सुन्धारा र सनी सेक्युरिटिज कम्पनी लिमिटेड नक्शाल छन् ।

यसैगरी सजिलो ब्रोकर लिमिटेड ललितपुर, रोडसो सेक्युरिटिज लिमिटेड सुन्धारा र बेनी सेक्युरिटिज प्रालि बानेश्वरले सीमित कार्य गर्ने अनुमति पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *