ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साताको बजार : १ प्रतिशतभन्दा बढी घट्यो नेप्से,कारोबार रकम ९२ करोडभन्दा बढीले वृद्धि

काठमाडौ,साउन २७ l यस साता नेप्से परिसूचक १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ।गत साताको अन्तिम कारोबार दिन २०८९.८४ विन्दुमा बन्द भएको नेप्से यस साता १.१४ प्रतिशत अर्थात २३.७९ अंक घटेर २०६६.०५ विन्दुमा झरेको छ।यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने २ कारोबार दिन घटेर बन्द भएको थियो। यस साताको पहिलो ३ कारोबार दिन नेप्से बढेको थियो भने बाँकी दुई कारोबार दिन घटेको थियो।

१३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ।यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.२९ प्रतिशत बढेको छ।अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ।गत साता ५५९४.६९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक,यस साता १२८.०५ अंक बढेर ५७२२.७४ विन्दुमा पुगेको छ।

यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.७४ प्रतिशत घटेको छ। अंकका आधारमा यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ६३.५९ अंक घटेको छ।यस साता ८ कम्पनीको कुल १४ करोड १९ लाख २१ हजार ३४६.०७ कित्ता शेयर खरिदबिक्री भएको छ।

यस साता तीन कम्पनीको मर्जरपश्चातको शेयर नेप्सेमा सूचीकृत भएको हो भने एक म्युचुअल फण्ड र एक कम्पनीको बोनस शेयर सूचीकृत भएको हो।त्यसैगरी,यस साता तीन कम्पनीको आईपीओ पनि नेप्सेमा सूचीकृत भएको छ।

त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स १.३५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.४१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ प्रतिशत घटेको छ। यस साता नेप्से ओरालो लागेपनि कारोबार रकम भने गत साताको तुलनामा बढेको छ।

गत साता दैनिक औषतमा १ अर्ब ९८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा २ अर्ब १६ करोडको शेयर किनबेच भएको छ।गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ९.३४ प्रतिशत बढेको छ। यस साता दैनिक औषत शेयर संख्या ८.७२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ८२.६३ प्रतिशत बढेको छ।

यस साता धितोपत्र दोस्रो बजारमा १० अर्ब ८० करोड रुपैयाँभन्दा बढीको ३ करोड २८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ।गत साताको तुलनामा यो साता ९२ करोड २९ लाख रुपैयाँभन्दा बढी धितोपत्र कारोबार भएको हो।कारोबार कित्ता भने २८ लाख ७० हजारभन्दा बढीले घटेको छ।

गत साता ९ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको ३ करोड २८ लाख ९९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो।गत साताको तुलनामा औसत कारोबार रकम १८ करोड ४५ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ भने औसत कारोबार कित्ता ५ लाख ७४ हजारले घटेको छ।

यो साता कुल बजार पूँजीकरण १० अर्ब ४५ करोड रुपैयाँभन्दा बढीले घटेको छ।गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ७१ अर्ब ६४ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३० खर्ब ६१ अर्ब १९ करोड रूपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *