ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज सुनको मुल्यमा ७ सय रुपैयाँ घट्यो

काठ्माण्डौ साउन २५। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको बताएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३ सय र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७ सय ५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम थियो ।

यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य समेत घटेको छ । १० रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *