ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आइएमई इन्स्योरेन्स साढे १५ करोड बराबरको सेयर किनबेच

काठमाडौ ,साउन २४ l आज तेस्रो दिन आइएमई इन्स्योरेन्स साढे १५ करोड बराबरको सेयर किनबेच भएको छ।बुधवार एकैदिन कम्पनीको १५ करोड ५० लाख २६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको २ लाख ६६ हजार ८ सय १८ कित्ता सेयर किनबेच भएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य भने सामान्य वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य १.४१ प्रतिशत अर्थात प्रतिकित्ता ८ रुपैयाँ ३० पैसाले मात्रै बढेको छ । योसंगै आज कम्पनीको सेयर मूल्य ५९७ रुपैयाँ ३० पैसा पुगेको छ ।

आइएमई लाइफको सेयर गत आइतबारदेखि कारोबारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *