ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज सुन चाँदीको मुल्य घट्यो

काठमाडौ,साउन १७ l आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जानकारी दिएको छ ।


यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८ सय ५० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४ सय ५० रुपैयाँ थियो ।भने हिजो मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो ।


यस्तै, आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँ घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *