ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर बाँडफाँड

काठमाडौँ साउन १६ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । असार १९ गतेदेखि वैदेशिक रोजगारीमा गएकाहरूका लागि र स्थानीयवासीको लागि आईपीओ बिक्री खुलाएको थियो ।

कम्पनीको जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशतका दरले हुन आउने ८ लाख कित्ता सेयर स्थानीयबासीलाई छुट्टाएको थियो । यस्तै, वैदेशिक रोजगारीमा जाने जानेलाई २ लाख कित्ता सेयर छुटाइएको थियो ।

यसमध्ये स्थानीयवासीले १ लाख ८३ हजार ३८० कित्ता सेयर आवेदन गरेका थिए । यस्तै, वैदेशिक रोजगारीमा गएकालाई छुट्ट्याइएको २ लाख सेयर कित्तामा ६ लाख २६ हजार कित्ताभन्दा धेरैको आवेदन परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *