बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं साउन १६ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ थियो । हिजो सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको थियो ।
यस्तै, २५ रुपैयाँले बढेको चाँदीको कारोबार आज तोलामा १४ सय ७५ रुपैयाँमा भइरहेको छ । हिजो सोमबार चाँदीको कारोबार मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ थियो ।