ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज सुनको मुल्यमा ९ सय रुपैंया घट्यो

काठ्माण्डौ साउन १२। साताको अन्तिम कारोबार अर्थात शुक्रवार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ६ सय रुपैयाँमा झरेको छ।

आज तेजाबी सुनको मूल्य समेत तोलामा ९ सय रुपैयाँले नै घट्दै १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य पनि आज तोलामा ४० रुपैयाँले घट्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *