नागरिकता विधेयक प्रमाणीकरणको विरुद्धको रिटमा प्रारम्भिक सुनुवाइ आज

काठमाडौं जेठ २१ । नागरिकता विधेयक प्रमाणीकरणको विरुद्धमा सर्वोच्चमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुदै छ।
वरिष्ठ अधिवक्ताद्वय डा सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले गत शुक्रबाट रिट दर्ता गराएका थिए ।
सर्वोच्चमा दर्ता भएको रिटमा अघिल्लो संसद्बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ ।
राष्ट्रपति पौडेलले गत बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यसको समर्थन र विरोधमा बहस भइरहेका छन् ।