ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उपचार पछि चन्द्र भण्डारीको संसदमा सवैलाई रुवाउने पहिलो संवोधन (भिडियोमा)

काठमाडौं जेठ १० । उपचार पछि पहिलो पटक संसदमा उपस्थित भएकानेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले ग्यास तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन् ।

गत ३ पुसमा आफ्नै घरमा ग्यास लिक भएर भएको आगलागीमा परी घाइते भएपछि बुधबार पहिलो पटक संसदमा पुगेका थिए । उनले सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विलुली कसरी चलाउने भन्ने शिक्षा विद्यालयको पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बताएका हुन् ।

कांग्रेस सांसद भण्डारीले जलनको उपचार गर्ने कीर्तिपुर र सुष्मा कोइराला मेमोरियल अस्पतालमा भवन आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *