ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काम अनुसारको सेवा सुविधा नहुदा नर्सहरु विदेश जान बाध्य

काठमाडौ,जेठ १० l नर्सिङलाई सम्मानको पेशाका रुपमा लिइन्छ।बिरामी भर्ना भएदेखि निको नभएसम्म नै अस्पतालमा नर्सको भूमिका अहम हुन्छ। तर नर्सको समस्या भने वर्णन गरी नसक्नुको छ।तर यसप्रति सरकारलाई जानकारी नभएको पनि हैन त्यसमा नियमन नगर्दा यस्तो अवस्था आएको नर्सहरुको गुनासो छ।

नर्सलाई अस्पताल सञ्चालनको प्रमुख मेरुदण्डको रुपमा लिइन्छ।नर्सलाई बिरामीको सबैभन्दा नजिकको साथि पनि भन्ने गरीन्छ।अस्पताल सञ्चालन तथा विरामीलाइ गुणस्तरिय स्वास्थ्य सेवा दिन नर्सको मुख्य भुमिका हुने गर्छ।तर स्वास्थ्य क्षेत्रमा राज्यले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधाबाट नर्सहरु बन्चित हुनु परेको नर्सहरुको गुनासो छ।स्वदेशमा उचित पारिश्रमिक र सेवा सुविधा नपाएपछि विदेश जाने नर्सको संख्या दिनानूदिन बढिरहेको छ।

जसका कारण भविष्यमा नर्सिङ क्षेत्रमा जनशक्ती अभाव हुने चिन्ता ब्यक्त भइरहेको छ।अन्तर्राष्ट्रिय प्रचलन अनुसार एक जना नर्सले एक दिनमा ८ जना विरामीको हेरचाह र उपचारमा खटिनुपर्छ।तर नेपालमा भने एक जना नर्सले २० देखि ३० जना विरामी हेर्नु पर्ने अवस्था छ।नेपालमा नर्सको श्रम शोषण,योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदोन्नति नहुनु लगायतका कारण नर्सहरू पेसाबाटै पलायन हुनु पर्ने अवस्था आएको नर्सहरु बताउछन्।

नर्सहरुले कामअनुसारको पारिश्रमिक पाउन नसकेकोबारे सरकारले थाहा नपाएको भने होइन । नर्ससँग सरोकार राख्ने संस्थाहरुले भने बिरामीको अनुपातमा नर्सको व्यवस्था गर्नुपर्ने र अस्पतालको शैयाअनुसार दरबन्दी हुनुपर्ने माग गर्दै आएका छन्।सरकारीको तुलनामा निजी अस्पतालमा नर्स माथि व्यापक श्रम शोषण हुने बताइन्छ । कतिपय निजी अस्पतालले नर्सलाइ राज्यले तोकेको न्यूनतम तलब र सुविधा नदिने गरेको नेपाल नर्सिङ संघका अध्यक्ष डाक्टर मन कुमारी राइ बताउनुहुन्छ ।

केही दिनयता नर्सहरुमाथि सामाजिक संजालमा आक्रमण जारी छ। भरतपुर क्यान्सर अस्पतालमा कार्यरत नर्ससँग भएको सामान्य विवादलाई लिएर सामाजिक संजालमा भाइरल एक युवतीले भिडियो बनाएपछि यो सुरु भएको थियो । त्यो विवा यसले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बिरामीको जीवन बचाउन लागिपर्ने नर्सहरुको मनोबल गिरेको छ ।

सामाजिक सन्जाल अहिले सिंगो नर्सिङ पेशामाथि प्रश्न उठाएकोछ ।एकातर्फ, न्यून पारिश्रमिकका कारण नर्सहरु विदेश पलायन भइरहेका छन् । अहिलेकै अवस्थामा यो पलायन जारी रहने हो आगामी केही वर्षमा हाम्रा अस्पतालहरु नर्सबिहीन हुने जोखिम छ । अर्कोतर्फ, सामाजिक संजालमा उपचारजस्तो संवेदनशील र जटिल कार्यमा डट्ने नर्सहरुप्रति हौसला होइन्, घृणा फैलाउने यो कार्यले नर्सहरु थप विचलित हुन पुगेका छन् ।नेपाल नर्सिङ काउन्सिलको तथ्यांक अनुसार हालसम्म नेपालमा ७३ हजार ५ सय १४ जना नर्सले अस्पताल लगायत स्वास्थ्य क्षेत्रमा काम गर्ने अनुमति अर्थात लाइसेन्स पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *