ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन रास्वपाको माग

काठमाडौं जेठ १० । बुधबारको प्रतिनिधिसभा बैठकमा नक्कली शरणार्थी प्रकरणको विषयमा सांसदहरुले प्रश्न उठाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेको छ । अहिले भइरहेको छानबिनले जनताले चाहेको जस्तो नतिजा दिन नसक्ने रास्वपाका सभापति रवि लामिछानेको भनाई छ ।

उनले नाम मुछिएकाहरु सबैसँग बयान लिन पनि माग गरे । त्यस्तै रास्वपाकै सांसद स्वर्णिम बाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रहरी प्रमुखको नै नाम मुछिएको भन्दै अनुसन्धन प्रभावित हुनेमा चिन्ता व्यक्त गरे वाग्लेले आफुहरु नाटक हेरेर बसेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *