ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशका पहाडी भू-भागमा बर्षाको संभावना

काठमाडौं जेठ १० । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मौसम देशको पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने जनाएको छ ।

देशको पहाडी भू-भागहरुका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुदाँ सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

रातीभने  देशको पहाडी भू-भागहरूमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने तर  मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *