ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सिभिल अस्पताल चिकित्सा विज्ञान प्रतिष्ठानको बिस्तार गरीने

काठमाडौं जेठ ९। सिभिल सर्भिस अस्पताल चिकित्सा विज्ञान प्रतिष्ठानको रुपमा स्थापित हुने भएको छ । मंगलबार अस्पतालले एक कार्यक्रम आयोजना गर्दै यस अस्पताललाई अति विशिष्टिकृत बनाउँदै चिकित्सा विज्ञान प्रतिष्ठानको रुपमा स्थापना गरी शिक्षण अस्पतालको रुपमा विकास गर्ने तयारीमा रहेको बताएको छ । कुनै पनि अस्पताल एकेडेमिमा गएपछि त्यहाँ बाट उपलब्ध गरिने स्वास्थ्य सेवा राम्रो हुने चिकित्सकहरु बताउछन्।

अस्पतालले पहिलेबाट यस अस्पताललाई शिक्षण अस्पतालमा विस्तार गर्नुपर्ने माग गर्दै आएको थियो।तर यो बर्षको नीति तथा कार्यक्रममा पनि सिभिल अस्पताललाई शैक्षिक अस्पतालमा विस्तार गर्ने भनेर राखिएको छ । भने यो बर्षबाट एमडि /एमएस र डिएम हेमाटोलोजि तथा नर्सिङ विद्यार्थी भर्ना गरी पढाइ हुदै छ । कुनै पनि शिक्षण अस्पतालको रुपमा विकास गर्ने सरकराले छुट्टै मापदण्ड बनाएको हुन्छ ।त्यो भित्र रहेर काम गर्नु पर्ने हुन्छ । शिक्षण अस्पताल बनाउनका लागि निकै चुनौति रहेको उहाँको भनाई छ ।त्रिवि शिक्षण अस्पताल शिक्षा मन्त्रालय अन्तरगत ,वीर अस्पताल स्वासथ्य मन्त्रालय अन्तरगत र सिभिल सर्भिस अस्पताल संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सञ्चालित छ ।

सिभिल सर्भिस अस्पताल विशेषगरी निजामति कर्मचारी र उसको परिवारलाई सेवा प्रदान गर्न स्थापित अस्पताल हो । यो अस्पतालबाट विभिन्न किसिमका विशिष्टिकृत सेवाहरु प्रदान गर्दै आएको छ। अहिले दैनिक यस अस्पतालबाट ८ सय देखि १२ सय सम्मले दैनिक ओपिडि सेवा लिइरहेका छन् । यो अस्पतालमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरु सहित सामान्य उपचारदेखि विशिष्टिकृत स्वास्थ्य सेवाहरु उपलब्ध हुदै आएको छ ।

भने पहिले १ सय ३२ शैया क्षमता रहेको यो अस्पताल अब ३ शैया क्षमतामा विस्तार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *