ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काभा वुमन्स् भलिबलमा नेपालको दोस्रो जीत बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित

काठमाडौं जेठ ९ काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट २५–१० ले जितेको नेपालले दोस्रो सेट २५–८ र तेस्रो सेट २५–९ ले जितेको छ ।

प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । नेपालले सोमबार कीर्गिस्तानलाई पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *