ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शारीरिक अशक्त भएकाहरुलाई दया,माया नभइ अवसर प्रदान गर्न बुढामगरको आग्रह

काठमाडौ,जेठ ९ l सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगरलाई काठमाडौंमा स्वागत गरिएको छ। त्रिभुवन विमानस्थलमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती, थबाङी समाज,अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज,नेपाल मगर एसोसिएनलगायतले भव्य स्वागत गरेका हुन।

बुढामगर यही जेठ ५ गते दिउँसो तीन बजे सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो।पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’अर्थात घुँडा माथिबाट दुवै अंग विच्छेदन व्यक्तिको विश्व रेकर्ड कायम गर्नुभएको हो।कृत्रिम खुट्टा को सहायताले उहाँले सगरमाथा आरोहण गर्नुभएको हो।

उहाँले सबैको साथ र सहयोगमा मात्रै सगरमाथ आरोहण गर्न सकेको भन्दै खशी व्यक्त गर्नुभयो।साथै उहाँले शारीरिक अशक्त भएकाहरुलाई दया, माया नभइ अवसर प्रदान गर्न आग्रह गर्नुभयो।झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गर्नुभएको हो।रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाउनुभएको थियो।

उहाँको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन् १९७९ मा भएको हो। यसअघि पनि उहाँले मोन्ट ब्लाङ्क ४ हजार ८ सय १० मिटर,चुलु सुदूरपूर्व ६ हजार ५९ मिटर,किलिमन्जारो ५ हजार ८ सय ९५ मिटर,र मेरा पिक ६ हजार ४ सय ७६ मिटर आरोहण गरिसक्नुभएको छ।उहाँले २०१७ मा मेरा चुचुरो आरोहण गर्नुभएको थियो।यसअघि पनि उहाँ सगरमाथाको आधार शिविरसम्म पुगिसक्नुभएको छ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बुढामगरलाई सम्बोधन गर्ने कुनै शब्द नै नरहेको बताउनु भयो।उहाँले गरेको कामको साथमा सरकार सदैव रहेको उल्लेख गर्दै बुढामगरले विश्वलाई नै नयाँ सन्देश दिनुभएको बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *