ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पाँच महिना पछि प्रचण्ड सरकारले पायो पूर्णता

काठमाडौं जेठ ९ । करिव ५ महिनामा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतो नियुक्त भएका छन् । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *