ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत

काठमाडौं जेठ ९ । काभा महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्थानलाई ३–० को सोझो सेटमा पराजित गर्दै भारतले लगातार दोस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कबर्ड हलमा आज बिहान भएको खेलमा भारतले गरेको हो ।भारतले पहिलो सेट २५–१७ ले जितेको थियो । दोस्रो सेट २५–८ र तेस्रो सेट पनि २५–८ ले नै जित्यो ।

प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले आज दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *