ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हरि बुढामगरलाई काठमाडौंमा भब्य स्वागत

काठमाडौं जेठ ९ । दुवै खुट्टा गुमाएर पनि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई काठमाडौंमा स्वागत गरिएको छ ।

पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरको स्वागतका लागि पर्यटनमन्त्री सुदन किरातीले अभिनन्दन समेत गरेका छन् ।

वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए ।

यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *