ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नर्सहरुको चरित्र हत्या हुने भिडियो पोष्ट भएको भन्दै नर्सिङ संघको आपत्ति

काठमाडौ,जेठ ९ l ड्युटीमा खटिएका नर्सको चरित्रहत्या गरेको भन्दै नेपाल नर्सिङ संघले एक विज्ञप्ति मार्फत आपत्ति जनाएको छ ।

केही दिन अघि टिकटकमा एक भिडिओ सार्वजनिक भएको थियो जसमा नर्सहरुले बिरामी प्रती उचित ब्यवहार नभएको देखिन्थ्यो ।ड्युटीमा खटिएका नर्सहरूप्रति सत्य तथ्य नबुझी सतही रूपमा व्यक्त गरिएका तुच्छ टिप्पणी र नर्सिङ पेशाप्रति लाञ्छना लगाई आँच पुर्‍याउने कार्य भएको भन्दै संघले भर्त्सना गरेको छ । त्यस्तै घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न पनि माग राखिएको छ ।

केही दिअघि गिभिना मगर नाम गरेकी महिलाले ड्युटीमा खटिएका नर्सको भिडिओ खिची टिकटकमा सार्वजनिक गरेकी थिइन् । टिकटकले हाल उनको अकाउन्टमाथि प्रतिबन्ध लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *