ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘काभा वुमेन्स च्यालेन्ज कप भलिबल’को पहिलो खेलमा उज्वेकिस्तान विजयी

काठमाडौं जेठ ८ । ‘काभा वुमेन्स च्यालेन्ज कप भलिबल’को पहिलो खेलमा उज्वेकिस्तान विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा बिहान भएको खेलमा श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै उज्वेकिस्तानले सुखद सुरुवात गरेको हो ।

उज्वेकिस्तानले पहिलो सेट २७–२५ ले जितेको थियो । यस्तै, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले जितेको थियो ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजन तथा कान्तिपुर सिनेप्लेक्स एचडीमासमेत हेर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *