ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी , आज नै सपथ हुदै

दाङ जेठ ८ । सोमबार लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार  गर्ने तयारी भएको छ ।

 मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टी र माओवादीबाट एक – एक जना मन्त्री थप्ने भएका छन् ।

लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विना विभागीय मन्त्री छन् ।

आज नयाँ मन्त्रीहरू पनि नियुक्त गर्ने र विना विभागीय मन्त्रीहरूको पनि जिम्मेवारी तोक्ने तयारी  रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *