ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काभा महिला भलिबल च्यालेन्ज कप सुरु, आज नेपाल र किर्गिस्तान खेल्दै

काठमाडौं जेठ ८ । एनएससी-काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि सुरु हुँदैछ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा मध्य एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्यमा रहेको नेपालले आज किर्गिस्तानसँग खेल्दै छ । नेपाल र किर्गिस्तानबीचको खेल साढे चार बजे सुरु हुनेछ । समूह ए मा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् ।

यस्तै समूह बी मा काजाखस्तान, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् । एक सातासम्म चल्ने प्रतियोगितामा समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *