ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नीति तथा कार्यक्रममा स्वास्थ्यका महत्त्वपुर्ण कुरा समावेश गर्ने तर कार्यन्वयन नगर्ने – विज्ञ

काठमाडौं जेठ ७। सरकारले आर्थिक बर्ष २०७९-८० को बजेट मार्फत स्वास्थ्य सुधारका १६ बुँदा समावेश गरेको थियो।यो पटक पनि १५ बुँदा समावेश गरेको छ। जसमा अधिकांश पहिलो बर्षको बुदा रहेका छन् भने केही मात्र नयाँ रहेका छन्।

अघिल्लो बर्षमा राखेका विषयबस्तुहरु कति अझैं कार्यन्वयन गर्न सकेको छैन् । पहिले पनि एक विद्यालय एक नर्स ,सरकारी अस्पतालमा एक चिकित्सक हरेक प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने उल्ले गरेको थियो।ती विषयहरु कार्यान्वयन नभएपछि यो पटकको नीति तथा कार्यक्रममा पनि सोही विषय सरकारले दोहोर्याएको छ।

आधारभूत र जीवनरक्षक औषधि,अक्सिजन,खोप तथा औषधिजन्य सामग्रीको उत्पादनलाई थप प्रोत्साहन गरिने बताए पनि अझै कार्यन्वयन हुन सकेको छैन्। सरकारले यो बर्ष ओपिडि सेवा बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म सञ्चालन गर्ने अवधारणा, संक्रामक रोगविरुद्ध अभियान र नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्र सञ्चालन गर्ने,९८ प्रकारका औषधि स्वदेशमा नै उतपादन गर्ने ब्यवस्था मिलाउने लगाउत अवधारणाको कार्यन्वयन गराउन सके नागरीकले स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गर्न सक्ने जानकारहरु बताउछन्।

नीति तथा कार्यक्रमा राम्रा कुराहरु समावेश गरीएपनि कार्यन्वयनमा भने सधैं समस्या रहने गरेको विज्ञ बताउछन प्रभावकारि कार्यन्वयकका लागि सरकार लागि नपर्ने हो भने निति तथा कार्यक्रम कार्यक्रममै सिमित हुने नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्कि बताउनुहुन्छ।

हरेक बर्ष आउने नीति तथा कार्यक्रम सिदान्त रुपमा राम्रा भएपनि कार्यान्वयनमा सधै प्रश्न उठ्दैं आएको छ । यो पटकको नीति तथा कार्यक्रम पनि सवै क्षेत्रबाट कार्यान्वयनमा प्रश्न उठ्दैं आएको छ ।यो पटक स्वास्थ्य क्षेत्रको बजेटमा ४० प्रतिशत बजेट कटौती भएको सिलिङ आएको छ । त्यसैले पनि स्वास्थ्य क्षेत्र सरकारको प्राथमितामा नरहेको जानकारहरु बताउछन् । स्वासथ्य क्षेत्र अन्य क्षेत्र जस्तो नभएकोले स्वास्थ्यमा बजेट छुट्याउदा खर्च हैद्द लगानि गरेको सोचेर छुट्याउनु पर्नेमा विज्ञहरुको जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *