ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, जेठ ७ । सरकारको वार्षिक कार्यदिशा मानिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए ।

आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथि आजदेखि जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची र सांसदहरुबाट प्राप्त संशोधनहरु पनि प्रस्तुत हुने बताइएको छ ।

छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री दाहालले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ । त्यसपछि जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *