ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सदन नेता छान्न विद्यार्थीले गरे मतदान

भक्तपुर जेठ ५ । विद्यार्थीलाई निर्वाचन शिक्षासंगै प्रजातान्त्रीक अभ्यास गराउने उदेश्यले कौशलटारको ग्लोबल पाठशालाले विद्यालय सदन नेता तथा उपनेता निर्वाचनबाट चुनेको छ ।

पाठशालाका करिव ४ सय ५० विद्यार्थीले ४ सदनका नेता र उपनेता र विद्यालयको नेता र उपनेताका लागि मतदान गरेका थिए । विद्यार्थी- विद्यार्थीमा आत्मियता बढाउने र नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास सहित यस्तो अभ्यास गराएको विद्यालयका प्रधानाध्यापक दिला शाक्यको भनाई छ ।

निर्वाचनलाई लोकतन्त्रको अभ्यास भनीने र पाठ्यपुस्तमा समेत सोही विषयको अध्ययन गराउनु पर्ने भएका कारण विद्यार्थीमा प्रयोगात्मक सिपको विकास समेत हुने भएकाले यस्तो गरिएको सञ्चालक रामचन्द्र खनाल बताउछन् ।

विद्यालयले आयोजना गरेको सदनको निर्वाचन प्रणाली हेर्न नायब उपरीक्षक रबिन श्रेष्ठ समेत विद्यालय पुगेका थिए । उनले विद्यार्थीलाई पाठ्यक्रममा भएको विषय व्यबहारमा उतार्न सके विद्यार्थीको वास्तविक सिकाइ हुने बताएका थिए ।

विद्यार्थीहरु पनि आफ्नो मताधिकार प्रयोग गर्न पाएकोमा खुशी देखिन्थे । सदनका नेता र उप नेतालाई आज नै ब्याच वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *