ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारको निति तथा कार्यक्रममा स्वास्थ्यका केके बिषयवस्तु समेटिय

काठमाडौ,जेठ ५ l सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा सरकारले तिलगंगा आँखा अस्पतालबाट उत्पादन हुने आँखाको लेन्सलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्ने घोषणा गरेको छ।

मेक इन नेपाल र मेड इन नेपाल कार्यक्रम अन्तर्गत नेपालमा उत्पादन हुने वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पठाउने विषय नीति तथा कार्यक्रममा परेको हो।त्यस्तै जेष्ठनागरीक स्वास्थ्य सेवा सञ्चालन भएका अस्पताललाई थप सुढृष्ठ गरीने छ।साथै गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरीकको पहुच सुनिश्चित गरिने,सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने,प्रदेश र क्षेत्रीय अस्पतालको स्तरउन्नती गरी शिक्षण अस्पतालको रुपमा विकास गरीने,स्वास्थ्य बिमा कार्यक्रमको पुर्नरावलोकन गरीने,राष्ट्रिय र प्रदेश स्तरमा टेलिमेडिसियन सेन्टर स्थापना गर्ने,प्रत्येक वडामा आधारभुत स्वास्थ्य परिक्षण तथा उपचार सहित सहितको स्वास्थ्य केन्द्र स्थापना गरीने छ।

अशक्त,असाहाय र जेष्ठ नागरीकलाई घरदैलोमै आधारभुत स्वास्थ्य सेवा प्रदान गरीने छ ।भने आधारभुत अस्पतालहरुमा एक एमडि डाक्टर, एक महिला,प्रसुति रोग विशेषज्ञ कम्तिमा ३ जना मेडिकल अधिकृत सहित आवश्यक ल्याव लगायत प्राविधिक जनशक्ति प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण तथ सामाग्री एक्सरे,अल्टासाउण्ड ,इको,इसिजि लगायतका पहिचान गर्ने उपकरण अक्सिजन सुविधा सहितको एम्बुलेन्स उपलब्ध गराइ सबै आधारभुत स्वास्थ्य सेवा प्रभाह हुने ब्यवस्था गरीने छ । संक्रमक रोग विरुद्ध अभियान र नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्रम सञ्चालन गरीने छ।

आधारभुत अस्पतालमा काम गर्ने चिकित्सलाई उच्च चिकित्सा शिक्षाको अवसर दिइने छ । भने सामुदायिक अस्पतालहरुमा एक चिकित्सक एक अस्पतालको सुनिश्चितता गरीनुका साथै बहिरंग सेवा बिहान ८ बजे देखि बलुकि ८ बजे सम्म अनिर्वाय सञ्चालन हुने ब्यवस्था मिलाईने छ । दुर्गम क्षेत्रमा बसोबास गर्नेले कर्णालि र सुदुरपश्चिम प्रदेशमा उपचार नपाउदा हुने मृत्युको क्रम रोक्न दुइ जील्लामा एक एयर एम्बुलेन्स सेवा नियमित सञ्चालन गरीने छ । प्रदेश स्तरको एउटा अस्पताललाई मुटु,क्यान्सर रोग निदान हुन सक्ने अस्पतालको रुपमा विकास गर्न आवश्यक पूर्वाधार प्रविधि र जनशक्ति ब्यवस्थापन गरीने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *