ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि

काठमाडौं जेठ ५। सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने बताएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो ।

यो विमानस्थल निर्माणको प्रक्रिया अझै अन्यौलमा छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने बताए । आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनको स्तरोन्नती गरी निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्ण क्षमतामा उपयोगमा ल्याउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *