ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अर्थतन्त्र सुधार्न मूल्यवृद्धि, तरलताको संकुचनलाई समेत संबोधन गर्ने

काठमाडौं जेठ ५। सरकारले आगामी आर्थिक वर्षमा वित्तीय र मौद्रिक तथा अन्य विषयमा क्षेत्रगत नीति तथा कार्यक्रमहरुको सामञ्जस्यपूर्ण तरिकाले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो प्रतिबद्धता गरेका हुन ।अर्थतन्त्रको समग्रमागमा आएको ह्रास, मूल्यवृद्धि, न्यून पुँजीगत खर्च, घट्दो राजश्व संकलन तथा बाह्य क्षेत्रमा परेको चाप, तरलताको संकुचनलाई समेत संबोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।

यस्तै, विदेशी लगानीलाई बढाउन लगानीको वातावरण सुधार गर्नुका साथै राजश्व प्रणालीलाई सुधार गर्दै अघि बढ्ने तथा विद्यमान कर प्रणाली सुधार गर्नुका साथै राजश्वको दायरा विस्तार, सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक माध्यममा जोड्ने लक्ष्य समेत सरकारले नीति तथा कार्यक्रमबाट लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *