ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सहकारी समस्या समाधन तथा कर प्रणालीमा पुनरावलोकनमा सरकारको प्राथमिकता

काठमाडौं,जेठ ५ । सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने र कर प्रणालीमा पुनरावलोकन गर्ने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बचत सहकारीहरु आर्थिक समस्यामा समाधान गर्दैं कर प्रणालीमा पुनरवलोक समेत गर्ने जनाएका छन् ।

राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने उनले बताए । विद्यमान कर प्रणालीमा पुनरवलोकन गर्ने उनको भनाइ छ । राजस्वको दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने उनले घोषणा गरे ।

राजस्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने सरकारको घोषणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *