ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा सहभागि हुन स्वास्थ्यमन्त्री जेनेभा जादै

काठमाडौं, जेठ ५। विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा सहभागि हुन स्वास्थ्यमन्त्री मोहन बस्नेत सहित ६ सदस्यीय टोली जेनेभा जान लागेको हो ।

स्विजरल्याण्डको जेनेभामा आगमी मे २१ देखि ३० तारिखसम्म हुने महासभामा मन्त्री बस्नेतसँगै अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटा सहितको टिम जाँदैछ ।

प्रमुख एजेण्डा आगामी सेप्टेम्बरमा हुन गइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण पूर्वी एसियाली देशहरुको क्षेत्रीय निर्देशकको निर्वाचन हो ।

जुन निर्वाचनमा नेपालले विश्व क्षेत्रीय निर्देशकका लागि उम्मेदवारी दिने घोषणा गरिसकेको छ । क्षेत्रीय निर्देशकका लागि नेपालको तर्फबाट विश्व स्वास्थ्य संगठनको केन्द्रीय कार्यलय कार्यरत नेपाली डा. शम्भु आचार्यलाई उम्मेदवार बनाउने निर्णय सरकारले यसअघि नै गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *