ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरुलाई स्पष्टीकरण माग्ने-स्वास्थ्य मन्त्री

काठमाडौं,जेठ ५। सरकारले जथाभावी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने बताउनुभयो । शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कहि स्थान र जनशक्ति नभएर पनि उपकरण खरिद गरेका पाइएकोलरे अस्पतालहरुलाई स्पष्टीकरण सोध्ने बताउनुभयो दुई वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसकेका सामानहरु स्वास्थ्य विभागले फिर्ता लिइ आवश्यक्ता अनुसार अरु अस्पतालहरुमा मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने पनि उल्लेख गरेका छन् ।

कतिपय अस्पतालहरुमा खरिद प्रक्रिया आवश्यकता भन्दा बढी गरेको देखियो, विधि र प्रक्रिया बाँकी छन्, खरिद प्रक्रियामा जथाभावी किन हुन्छ भन्नेकुरा थाहा छँदैछ, थाहा भएर नै यो गरिएको छ । अब खरिद गर्दा न्युनतम सेवा मापदण्डले औंल्याएका अनुसारका उपकरणहरु मन्त्रालयको समन्वयमा खरिद गर्ने । प्रत्येक अस्पताललाई आउँदा दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने ।

मन्त्री बस्नेतले आन्तरिक सेवा व्यवस्थापन चुस्त बनाउने र अनलाइनबाट टिकट लिइ ओपिडी सेवा १५ दिनभित्र दिइसक्ने व्यवस्था गर्न लागेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *