ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रियसभामा सांसदको प्रश्न : हामी भ्रष्टाचारबाट कति चोखो छौं ?

काठमाडौं जेठ ५ । राष्ट्रिय सभाको विशेष समयमा सांसदहरुले नेपालको समस्याको जड भ्रष्ट्राचार भएको बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा सांसदहरुले नेपालको भ्रष्टाचारको अवस्था भयावह बन्दैं गएको भन्दैं चिन्ता व्यक्त गरेका छन् ।

नेपालको सांसदहरुले भ्रष्टाचारको जालो रहेका कारण त्यस्को अन्त्य नभएसम्म भ्रष्टाचार न्यूनीकरण नहुने सांसदहरुको भनाई छ । नक्कली भुटानी शरणार्थी प्रकरणको फाइलले भ्रष्टाचारीका विषयमा सरकार निर्मम भएको देखिएपनि सरकारले खुट्टा कमाउन नहुने सांसदहरुको भनाई छ ।

भ्रष्टाचारको जालोमा राजनीतिक नेतृत्व,कर्मचारी र विचौलीयाको जालो रहेको सांसद जीतेन्द्र देवको भनाई छ । सांसदहरुले एउटा भष्ट्राचारको विषयमा अनुसन्धान हुदैं गर्दा अर्को प्रकरण ल्याएर त्यस्लाई ओझेलमा पार्न नहुने बताएका छन् । सांसद सोनाम ग्यालजीन शेर्पाले युवा पुस्ता र विश्वविद्यालयले नै भ्रष्टाचार सिकाउन थालेको आरोप लगाए छ ।

सांसदहरुले भ्रष्ट्राचारमा अरुलाई दोष दिनु भन्दाँ हामी भ्रष्टाचारबाट कति चोखो छौं ? भनेर सोच्ने बेला आएको उनको भनाई छ । सांसद नारायण प्रसाद दाहालले सुशाशनका विषयमा संविधानसंग गरेको मनोवाद नै प्रस्तुत गर्दैं संविधानमा प्रहार भै रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *