ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुनको मूल्य घट्यो

काठमाडौं,जेठ ५ । आज सुनको मूल्य घट्दा चाँदी दुवैको मूल्य स्थिर रहेको छ।बिहीबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य बिहीबार पनि स्थिर रहेको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *