ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनीक हुदै

काठमाडौं जेठ ५ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छन् । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

अपराह्न चार बजे संघीय संसदको सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत हुने छ।सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने  संवैधानिक व्यवस्था छ ।

त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *