ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नक्कली शरणार्थी प्रकरणमा भिआइपी मुछिएपछि अनुसन्धान प्रभावित हुने हो की भन्ने चिन्तामा सांसद

काठमाडौं,जेठ ४ । नक्कली शरणार्थी प्रकरणमा भिभिआइपी नै मुछिन थालेका कारण अनुसन्धन नै प्रभावित हुने त हैन भन्दैं सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदसंग सवाल जवाफ गर्दा धेरै सांसदहरुले नक्कली शरणार्थी प्रकरणलाई सरकारले निस्कर्षमा नपुर्याउने हो भन्दैं चीन्ता पनि व्यक्त गरेका छन्।

प्रकरणमा राजनीतिक उच्च पदस्त व्यक्तीहरु नै मुछिएको भन्दैं अनुसन्धान नै प्रभावित हुने हो की भन्दैं चिन्ता व्यक्त गरेका हुन्।शेरबहादुर कुवरले नक्कली शरणार्थी प्रकरणमा भिभिआइपीको निर्देनमा भएको भनीएको छ अव के हुन्छ भन्दैं प्रश्न गरेका थिए।

त्यस्तै सांसद प्रेम सुवालले नेपाललाई स्विजल्याण्ड र सिंगापुर बनाउछु भन्नु हुन्थ्यो ति कस्ता छन् अनी अहिले नक्कली भूटानी शरणार्थी बनाउने देश किन बनाउनु भयो ? भन्दैं प्रधानमन्त्रीलाई व्याङ्ग्यात्मक प्रश्न गरे।जवाफमा प्रधानमन्त्री दाहालले जो सुकै भएपनि नछोड्ने तथा निर्दोष नपर्ने र दोषी नउम्कने गरी अनुसन्धन गर्न निर्देशन दिएको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *