ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भ्रष्टाचारविरुद्ध नेकपा एसले प्रदर्शन गर्दै

काठमाडौं जेठ ४ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले आज भ्रष्टाचारविरुद्ध माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्दैं छ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दिएको जानकारी अनुसार भ्रष्टाचारका विषयमा अनुसन्धान गर्न सरकारलाई थप बल पुगोस भन्ने उदेश्यले प्रदर्शन लागेको हो ।

नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले भ्रष्टाचार निवारणमा सरकारले अर्जुन दृष्टि लगाउनु पर्ने बताएका छन् ।

एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबारमात्रै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *