ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसदमा सांसद र प्रधानमन्त्रीको सवाल जवाफ,आज नै ओली र प्रचण्ड पनि आमन्ने-सामन्ने हुने

काठमाडौं जेठ ४ । बिहीबारको प्रतनिधिसभा बैठकमा सांसद र प्रधानमन्त्रीका विचमा सवाल जवाफ हुने भएको छ ।

प्रतिनिधिसभा नियमावली  अनुसार १५ जना सांसदले मात्रै प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्न पाउने व्यवस्था भएपनि हालसम्म २० जना सांसदले आफ्नो प्रश्नबारे सभामुख देवराज घिमिरेलाई लिखित जानकारी गराएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेका तीन/तीन जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीका एक/एक सांसदले प्रश्न सोध्न पाउनेछन् ।

आज नै पूर्वप्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी ओलीले पनि संवोधन गर्ने यस अघि नै बताइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *