ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साफ फुटबलमा नेपाल, भारत र पाकिस्तान एउटै समुहमा

काठमाडौं, जेठ ३ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले बुधबार सार्वजनीक १४औं संस्करणको साफ च्याम्पियनसिपको खेलतालिका अनुसार नेपाल, भारत, पाकिस्तान र कुवेत एउटै समुहमा परेका छन् । योसंगै १४औं संस्करणको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले कुवेतसँग खेल्ने भएको छ ।

नेपालले प्रतियोगिताकै पहिलो खेलका रुपमा ६ असारमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । बैंगलुरुको श्री कान्तीराभा रंगशालामा यो खेल नेपाली समयअनुसार अपराह्न पौने चार बजेदेखि सुरु हुनेछ । सोही दिन साँझको खेलमा समूह ए कै भारत र पाकिस्तान भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *