ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उच्च रक्तचापको औषधि नियमित सेवन गरे रोगलाई नियन्त्रण गर्न सकिने

काठमाडौं,जेठ ३ । आज विश्व उच्च रक्तचाप दिवस `आफ्नो रक्तचाप सही ढंगले नाप्नुहोस्, यसलाई नियन्त्रण गर्नुहोस् र लामो समयसम्म बाँच्नुहोस्´भन्ने नाराका साथ यो दिवस मनाइदै छ ।

अहिले जुनसुकैउमेर समुहका मानिसहरुमा पनि उच्च रक्तचाप हुने गरेको पाइन्छ। उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ। किनभने धेरै मानिसहरूलाई उनीहरूको समस्याको बारेमा थाहा हुँदैन जसको उपचार नगर्दा अपाङ्गता हुने, घातक हृदयघात वा स्ट्रोकसम्म पनि हुन सक्छ। अस्वास्थ्यकर खानपान, शारीरिक निष्क्रियता, चुरोट र रक्सीको सेवन र अधिक तौल वा मोटोपन उच्च रक्तचापको प्रमुख कारकका रुपमा लिने गरीन्छ ।

के हो त उच्च रक्तचाप? मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ। रक्तचापलाई मिलिमिटर अफ मर्करीमा नापिन्छ । मेडिकल भाषामा माथिको रक्तचापलाई सिस्टोलिक र तलको रक्तचापलाई डायस्टोलिक भनिन्छ।सिस्टोलिक र डायस्टालिक दुबै रक्तचाप शरीरको लागि उत्तिकै महत्वपूर्ण हुन्छ। सामान्य रक्तचाप १२०/८० एमएम एचजी भन्दा कम हुनुपर्छ।

उच्च रक्तचाप भन्नाले माथिको रक्तचाप १४० वा सो भन्दा बढी भएको अवस्थालाई भनिन्छ। माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको रक्तचापलाई प्रिहाइपरटेन्सन भनिन्छ। यो उच्च रक्तचाप हुनु भन्दा अगाडिको अवस्था हो। प्रिहाइपरटेन्सन अवस्थामा रहेको व्यक्तिलाई सामान्य रक्तचाप भएको व्यक्ति भन्दा उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ ।त्यसैले यसबारे सचेत हुनु पर्ने चिकित्सकहरु बताउछन् । अहिले २० बर्ष पुगेका मानिसहरुले पनि उच्च रक्तचापका औषधि प्रयोग गरीरहेका छन् ।

उच्च रक्तचापको औषधिको सेवन गरे जीवनभर गर्न पर्छ भन्ने सोचाईले कतिपयलेऔषधी सेवन नै गर्दैद्दन् । तर औषधीको सेवन गर्दा मुटुरोग, मस्तिष्कघात,स्टोक,हृदयघात र मिर्गौलाको समस्या बाट बच्न सकिनेचिकित्सकहरु बताउछन् । उच्च रक्तचाप भइसकेकाहरुले यो वा त्यो बहानामा औषधि नखाएर वा बिचमा छाडेमा मृत्यु निम्त्यिनसक्ने चिकित्सकहरु बताउछन् ।

बिरामीले नियमित एक्सरसाइज गरेर, स्वस्थ खानपानको सन्तुलन मिलाएर रक्तचाप नियन्त्रणमा ल्याए भने डाक्टरले नै औषधि हटाइदिन्छन्। त्यसैले औषधि नखाने बहाना खोजेर ज्यान जोखिममा नपार्न चिकित्सकहरुको आग्रह छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण-पूर्वी एशिय क्षेत्रमा उच्च रक्तचाप मृत्यु दरको सबैभन्दा महत्त्वपूर्ण प्रमुख कारण रहेको बताएको छ ।यस क्षेत्रका करिब आधा उच्च रक्तचाप भएका व्यक्तिहरू आफ्नो अवस्थाबारे अनभिज्ञ भएकाले उच्च रक्तचापलाई रोक्न,पत्ता लगाउन र नियन्त्रण गर्न सेवाहरू बढाउनुपर्ने आवश्यकता रहेको छ। उच्च रक्तचापको कारणले टाउको दुख्छ भन्ने जनधारणा छ।

उच्च रक्तचापले विशेष गरेर टाउकोको पछाडि दुख्छ । कसैकसैलाई रक्तचाप बढेको बेलामा केही लक्षण तथा समस्या देखा पर्न सक्छन्। कहिलेकाहिँ उच्च रक्तचापको कारणले केही बिरामीलाई मष्तिकघात, हृदयघात वा मिर्गौलाको समस्या आदि भएर अस्पताल पुगेपछि मात्र यस्तो भएको उच्च रक्तचापले भन्ने थाहा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *