ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौ,जेठ ३ l नेपाली बजारमा बुधबार सुन चाँदीको भाउ घटेको छ।
अघिल्लो कारोबार दिन प्रतितोला एक सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दश हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *